१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सन्राइज बैंकको बोनस सेयर पारित

काठमाडौं–सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार भएको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात एक अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने छ । यसबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।
उक्त सभाले बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको ०७४ असार मसान्तसम्मको वासलात तथा आव ०७३÷७४ को नाफा–नोक्सान हिसाब र नगद प्रवाहसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।
उक्त सभाले निर्वाचन सम्पन्न नभएसम्मका लागि संस्थापक सेयरधनी समूह ‘क’को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई सञ्चालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको जनाएको छ ।

प्रकाशित: ५ पुस २०७४ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App