१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनामा १४जना घाइते

लहान – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ४ ख ७४१८ नम्बरको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिएका छन्  । बस दुर्घटना भएलगत्तै फरार भएका चालककाे खाेजी भइरहेकाे प्रहरीले बताएका छन् ।

 

 

प्रकाशित: ४ पुस २०७४ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App