१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनप्रतिधिलाई सादा नक्सा

खोटाङ – खोटाङबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिधिलाई स्थानीय पत्रकारले सादा नक्सा हस्तान्तरण गरेको छ । मंसिर १० गतेको प्रदेशसभा÷प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विजयी विशाल भट्टराई, प्रदेशसभा (क) मा विजयी राजन राई र प्रदेशसभा (ख) मा विजयी रामकुमार राईलाई मंगलबार बधाई तथा शुभकामना दिँदै प्रेस चौतारी र प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारले खोटाङको सादा नक्सा प्रदान गरेको हो ।

खोटाङको भौतिक, आर्थिक र सामाजिक परिवर्तनको जिम्मा निर्वाचित जनप्रतिनिधिको काँधमा भएकाले विकास निर्माण र परिवर्तनको रंग भर्नका लागि प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित उम्मेद्वारलाई जिल्लाको सादा नक्सा प्रदान गरिएको प्रेस सेन्टरका जिल्ला अध्यक्ष सूर्य तामाङले बताए । जनप्रतिनिधिलाई बीचमा खोटाङको नक्सा राखेर पुछारमा जिल्लाको भाग्य र भविष्य निर्माणका लागि विकास र सबृद्धिको रंग भर्न आव्हान उल्लेखित बधाई तथा शुभकामना–पत्र प्रदान गरिएको छ ।

 

प्रकाशित: ४ पुस २०७४ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App