१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गगन थापा र प्रदीप पौडेलको समर्थन काफ्ले समूहलाई

काठमाडौं—नेविसंघमा बलियो पकड भएका नेता गगन थापा र पौडेलले नेविसंघ ११ औं महाधिवेशनमा कुन्दनराज काफ्ले समूहलाई समर्थन गर्ने भएका छन्। ११ औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु हुनुअघि नेता गगन थापाले मुलुकभरिबाट आएका नेविसंघ महाधिवेशन प्रतिनिधिलाई बागबजारमा सम्बोधन गर्दै गणतान्त्रिक जनआन्दोलनको नेतृत्व गरेको समूह नै नेविसंघको मूलधार भएको बताए।

'पार्टीको मूलधार कुन हो मलाई थाहा छैन। नेविसंघको मूल धार भनेको गणतन्त्रिक जनआन्दोलनको नेतृत्व गरेको गगन थापा र प्रदीप पौडेलको समूह नै हो', उनले भने, 'हामीलाई राजद्रोहको मुद्दा लगाएर अदालतमा उभ्याइँदा अदालतभित्रै श्रीपेच हामी जलाउँछौं देश हामी चलाउँछौं भनेर नारा लगाउने विद्यार्थी नेता कुन्दनराज काफ्ले हुन्। उनको समूह नेविसंघलाई गतिशील बनाएर नेतृत्व दिन सक्षम छ।'

हामीलाई राजद्रोहको मुद्दा लगाएर अदालतमा उभ्याइँदा अदालतभित्रै श्रीपेच हामी जलाउँछौं देश हामी चलाउँछौं भनेर नारा लगाउने विद्यार्थी नेता कुन्दनराज काफ्ले हुन्। उनको समूह नेविसंघलाई गतिशील बनाएर नेतृत्व दिन सक्षम छ।

महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली गरिएको भन्दै विधिवत महाधिवेशन गर्न माग राखेर गणेश सापकोटा र रत्नहरि ढुंगेल अनसन बसिरहेको सन्दर्भ उल्लेख गर्दै नेता थापाले पार्टीको लोकलाज बचाउन विद्यार्थी साथीहरुले ज्यान जोखिममा राखेको बताए। उनले महाधिवेशन स्थलमा मर्यादितरुपमा प्रस्तुत हुन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गरे।

नेविसंघको पृष्ठभूमि रहेका कांग्रेस सांसद थापा एवं केन्द्रीय सदस्य पौडेल नेविसंघ विद्यार्थी माझ लोकप्रिय नेताहरु हुन्। उनीहरुको समर्थनले चुनाबी प्रतिस्पर्धामा काफ्ले समूह बलियो प्रत्यासी हुने देखिएको छ। गगन थापा नेविसंघका पूर्व महामन्त्री हुन् भने प्रदीप पौडेल पूर्व अध्यक्ष हुन्।

सभामा अध्यक्ष प्रत्यासी कुन्दनराज काफ्ले, उपाध्यक्ष प्रत्यासी कृष्णकुमारी बस्नेत, महामन्त्रीका प्रत्यासीहरु युवराज पाण्डे, डिल्लीराम सुवेदी लगायतले बोलेका थिए।

२०६४ सालयता आन्तरिक विवादका कारण झन्डै एक दर्जनपटक स्थगित भएको नेविसंघ महाधिवेशन १ सय २९ सदस्यीय कार्यसमिति चयन गर्न आइतबार राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। २२ मनोनित हुनेछन्।

प्रतिस्पर्धा तीब्र

नेतृत्व चयनका लागि हुन लागेको नेविसंघ महाधिवेशनमा विभिन्न समूहका झन्डै आधा दर्जनभन्दा बढी नेता मैदानमा छन्। संघका पूर्वअध्यक्षसहित पार्टीका नेताहरू विद्यार्थी नेतालाई मिलाएर एउटै प्यानल बनाउन सक्रिय छन्। अध्यक्षका लागि मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, नीलकण्ठ रिजाल, आनन्द त्रिपाठीले, कुन्दनराज काफ्ले, नैनसिंह महर, जितजंग बस्नेत, शुभराम बस्नेतसहितका विद्यार्थी नेताले दाबी प्रस्तुत गरेका छन्। शुभरामलाई खुमबहादुर खड्का पक्षको उम्मेदवार भनेर चर्चा गरिएको छ। स्रोतका अनुसार संस्थापन पक्षले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर बाहिर ल्याएको छैन।

उम्मेदवार विद्यार्थी नेताहरु नेतृत्वको आशिर्वाद पाउन दौडधुप गरिरहेका छन्। उम्मेदवारहरुले महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रचार प्रसारलाईलाई तीब्रता दिएका छन्। उम्मेदवारहरुले बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै महाधिवेशनस्थल भृकुटीमण्डपसम्म भड्किलो मोटरसाइकल तथा कार र्‍याली निकालिरहेका छन्। एउटा समूहले एसयुभी गाडीलाईको हुट नै प्वाल पारेर र्‍याली निकालेको छ। काफ्ले समूहले भने बागबजारदेखि पुतलीसडक, पद्मोदय मोडहुँदै भृकुटीमण्डपसम्म पैदल पदयात्रा गरेको छ।

प्रकाशित: २३ श्रावण २०७३ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App