१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जनकपुरमा पाँच दिनपछि हवाई सेवा सुचारु

जनकपुर- शीतलहर र कुहिरोको कारण आवश्यक भिजिविलिटी नपुगेर अवरुद्ध भएको जनकपुरको विमान सेवा पाँच दिनपछि मंगलबारदेखि सुचारु भएको छ।

गत मंसिर २९ गतेबाट जनकपुर–काठमाडौं विमानसेवा ठप्प भएको थियो । काठमाडौं–जनकपुर–काठमाडौं रुटमा बुद्ध एयरको दुई र यति एयरको एक गरी दैनिक तीन उडान हुँदै आएको छ । यो अवधीमा विमान सेवा ठप्प हुँदा जनकपुर–काठमाडौं ओहोरदोहोर गर्ने दैनिक कम्तीमा तीन सय यात्रुले समस्या झेल्नुपरेको थियो ।

विमान अवतरण तथा उडान गर्न विमानस्थल क्षेत्रमा कम्तीमा दुई हजार भिपिआर भिजिविलिटी आवश्यक पर्छ । मंसिर २९ गतेदेखि मंगलबार दिउँसोसम्म सात सय भिपिआर भन्दा पनि तल भिजिविलिटी पुगेकोले विमान सेवा अवरुद्ध भएको जनकपुर विमानस्थल कार्यालयले जनाएको छ । मंगलबार दिउँसो कुहिरो हटेर घाम लाग्ने वितिकै पुर्ववत अवस्थामा विमान सेवा सुचारु भएको छ।

यता लगातार पाँच दिनसम्म चलेको शीतलहरको कारण कष्टकर बनेको मध्यपूर्वी तराईको जनजीवन पनि समान्य भएको छ । गर्मी मौसममा अति गर्मी र जाडोमा शीतलहरको चपेटमा पर्ने यस क्षेत्रमा हरेक वर्ष पुस र माघ महिना कष्टकर हुने गरेको छ । निरन्तरको शीतलहरले आलु, टमाटर र लहरोजन्य तरकारीबालीमा समेत ठूलो क्षति हुने गरेको छ।

 

प्रकाशित: ४ पुस २०७४ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App