चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून

मङ्गलबार, ०४ पुष २०७४, १४ : ०८ नागरिक

गाईघाट - तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको छ ।

अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए ।
यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १०% पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउछिन् ।

विगतका वर्षको तुलनामा यस पटक छिटै (पुस महिना शुरु भएसँगै) चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेकोे त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

चिसोको कारण नानीहरु स्कुलनै जान छाडेपछि दिनको १२ बजे घाम नलागेसम्म बच्चाहरू घरभित्रै बस्न थालेको पनि उहाँ उल्लेख गर्नुहुन्छ । गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढ्े पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउछन् ।रासस







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad