१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

करिनालाई शाहरुख नै प्यारो

मुम्बई–‘बेबो गर्ल’का रुपमा परिचित नायिका करिना कपुर केही समयअघि मात्र बलिउड ‘किङ खान’ शाहरुख खानको चर्चित टक शो ‘टेड टक’मा पुगेकी थिइन् । जहाँ उनले शाहरुखसँग दिल खोलेर कुरा गरिन् । केही फिल्ममा शाहरुखसँग अनस्क्रिन रोमान्स गरेकी करिना शाहरुखलाई भारतकै सबैभन्दा रोमान्टिक हिरो मान्छिन् ।  
करिनाले ‘टेड टक’मा शाहरुखलाई संसारभरीका दर्शकले चिन्ने भन्दै शाहरुख नै रोमान्टिक हिरो भएको दाबी गरेकी थिइन् । ‘तपाई विश्वको कुनै पनि कुनामा जानुहोस्् र त्यहाँ गएर भारतको नाम लिनुहोस्, त्यहाँका मान्छेले सबैभन्दा पहिलो नाम नै शाहरुखको लिन्छन्,’करिनाले भनेकी छन्,‘मलाई लाग्छ कि शाहरुखले आफ्नो अभिनयका कारण आम मानिसको जिन्दगीलाई नजिकबाट नियालेका छन् । उनको अठोट, रोमान्टिक लुक्स, साँचो प्रेम र इमान्दारीले उनलाई अरुभन्दा भिन्न बनाएको छ । त्यसकारण पनि शाहरुख मलाई मनपर्छ ।’
उनले शाहरुखसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताइन् । करिनाले शाहरुखसँग समय बिताउन र गफ गर्न निकै मनपर्ने गरेको पनि बताएकी छिन् । शाहरुख र करिनाले फिल्म ‘अशोका’, ‘कभी खुशी कभी गम’, ‘रावन’मा सँगै काम गरिसकेका छन् । उनी चाँडै नै फिल्म ‘वीरे दि वेडिङ’मा देखिँदैछिन् । यो फिल्ममा उनीसँगै सोनम कपुर, स्वरा भास्कर पनि प्रमुख भूमिकामा छन् ।

 

प्रकाशित: ४ पुस २०७४ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App