१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रतिभा स्वदेश फिर्ता

काठमाडौं–माल्दिभ्स राष्ट्रिय लिग र माल्दिभ्स राष्ट्रिय भलिबल च्याम्पिनयसिप जित्न सफल नेपाली राष्ट्रिय टोली टोलीकी स्पाइकर प्रतिभा माली सोमबार नेपाल फर्केकी छिन् । 
प्रतिभा माल्दिभ्सबाट कतार हँुदै नेपाल आएकी हुन् । प्रतिभालाई सोमबार न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राई, व्यवस्थापक सुनकेशरी मालीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । प्रतिभाले माल्दिभ्समा मिस्किमागु इमेनजी गुलहुन क्लबबाट दुई प्रतियोगिता खेलेकी थिइन् । मिस्किमागु इमेनजी गुलहुन क्लबले ४९औं माल्दिभ्स राष्ट्रिय भलिबल च्याम्पियनसिपको उपाधि जित्दा प्रतिभाले क्विन अफ द म्याच पुरस्कार जित्न सफल भएकी थिइन् । 
मिस्किमागुले शनिबार फाइनलमा माल्दिभ्स पुलिस क्लबलाई ३–१  सेटमा हराउँदै उपाधि रक्षा गरेको थियो । सुरुआती दुई सेट जिते पनि माल्दिभ्स पुलिस क्लबले तेस्रो सेट २६–२४ ले जितेपछि खेल एक सेट लम्बिएको थियो । मिस्किमागुले पुलिस क्लबलाई २५–१८, २५–२१, २४–२६, २५–११ ले हरायो । प्रतिभाले व्यावसायिक करियरमा माल्दिभ्स लिगले सहयोग गरेको बताइन् । 
उनले भनिन्, ‘प्रतियोगिता खेल्न पाउँदा खुसी छु । दोस्रो पटक खेल्दा मैले टिमलाई अझ राम्ररी सहयोग गर्ने प्रयास गरें । प्रतियोगितामा अन्य देशबाट पनि स्तरीय खेलाडीले खेलेका थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु पनि मेरो लागी खुसीको कुरा हो ।’  यसअघि माल्दिभ्समा नेपाली राष्ट्रिय टोलीकी मञ्जु गुरुङ, अरुणा शाही, कोपिला उप्रेतीले व्यावसायिक भलिबल खेलेका थिए । 

 

प्रकाशित: ४ पुस २०७४ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App