१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसको रेनौल्ट कार तामाङलाई

काठमाडौं—सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत दशैँ, तिहार र छठ पर्वमा सञ्चालन गरेको सिटी एक्सप्रेस उत्सव एक्सप्रेसको बम्पर उपहार योजनाको कार इलामकी विमलादेवी तामाङले पाएकी छिन्। साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवीलाई पैसा पठाएका थिए।

साउदी अरबको टेलीमनीबाट जमन तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवीलाई पैसा पठाएका थिए।

२०७४ मंसिर २८ गते कम्पनीका ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा फेसबुक लाइभ गरी उक्त उपहार योजनाकोे बम्फर उपहारको रेनौल्टको क्विड आर एक्सएल कारको  विजेताको छनौट गरिएको थियो।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक क्रियाकलाप भाग लिई सहयोग गर्दै आएको छ। चाड पर्व लक्षित उपहार योजना समेत सञ्चालन गर्दै आइरहेको छ। यसै सिलसिलामा २०७४ सालको विजयादशमी एवं  शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने सिटी एक्सप्रेस उत्सव एक्सप्रेस उपहार योजना सार्वजनिक गरेको थियो।

यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा  एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरेको थियो।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार  प्राप्त गर्ने उल्लेख थियो।
यो उपहार योजनाको अवधि २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो। यो अवधिमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का, क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक  रुपमा  १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर  प्राप्त गर्न सफल भएका थिए। ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो।

प्रकाशित: २ पुस २०७४ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App