१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ विमोचित

काठमाडौँ- लेखक ज्ञानमित्रको विज्ञानसम्बन्धी पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’को एक समारोहबीच राजधानीमा आइतबार विमोचन गरिएको छ । एनके सिंह मेमोरियल ईपीएस स्कुल नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विद्यार्थी नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले पुस्तक विमोचन गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै सोही स्कुलकी छात्रा स्मृति सिलवालले सार्वजनिक गरिएको पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताइन् । पुस्तकमा पृथ्वीका बारेमा सँगै मानव शरीरका विभिन्न अंग र तयारी चाउचाउसम्मका २४ वटा विषयमा रोचक जानकारी दिइएको उनले उल्लेख गरिन् । युवा विद्यार्थीका लागि पुस्तक उपयोगी हुने उनको भनाइ थियो।

स्कुलकी प्राचार्य प्रमिला सिंहले सार्वजनिक गरिएको पुस्तक विशेषगरी विद्यालय तहका छात्रछात्रालाई केन्द्रित गरी लेखिएको बताइन्। पुस्तकमा कतिपय कुराहरु साँच्चै रोचक र अनौठा भएको बताउँदै सिंहले हरेक व्यक्तिका लागि पुस्तक उपयोगी रहेको धारणा राखिन्।

लेखक ज्ञानमित्रले उक्त पुस्तक आफूले लेखेको नभई संकलन गरेर प्रस्तुत गरेको बताए । ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत गरेको उनको भनाइ थियो।

पत्रकारिता र साहित्य क्षेत्रमा लामो समय व्यतीत गरेर पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्रले आगामी दिनमा यस्ता अन्य विषयमा पनि पुस्तक प्रकाशन गर्ने बताए। क्वान्टम बुक हाउसले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैयाँ  छ।

प्रकाशित: २ पुस २०७४ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App