१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुदूरपश्चिमका दुवै टोली विजयी

धनगढी–सुदूरपश्चिम ११ का ‘ए’ र ‘बी’ टोली शनिबार धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । धनगढी रंगशालामा भएको पहिलो खेलमा सुुदूरपश्चिम ११ ‘ए’ ले नेपाल प्रहरी प्रदेश नम्बर ७ लाई शुन्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरमा पराजित गरेको छ । 
खेलको ५३औं मिनेटमा सुदूरपश्चिमका जीवन चौधरीले  गोलको खाता खोलेका थिए । त्यसको २ मिनेटपछि विनोद केसीले प्रहरीविरुद्ध दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता बढाएका थिए ।  खेलको ६५औं मिनेटमा उनै केसीले  तेस्रो गोल गरे भने ७१औं मिनेटमा रामसिंहले गोल थप्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए । दुई गोल गरेका विनोद केसी म्यान अफ द म्याच भए । 
सुदूरपश्चिम ११ ‘ए’ का प्रशिक्षक ललित चन्दले सेटका ४ खेलाडीको अभावमा सुरुमा तालमेल नभए पनि दोस्रो हाफमा रणनीति फेरेका कारण सहज जित हात पार्न सकिएको बताए । नेपाल प्रहरी प्रदेश नम्बर ७ का प्रशिक्षक सुरेन्द्र बमले खेलाडीबीचमा तालमेल नहुनुु र दोस्रो हाफमा जित्नका लागि गोल गर्न बढी ध्यान दिँदा हार बेहोरेको बताए । 
राजीव चौधरीको ह्याट्रिकमा सुदूरपश्चिम ११ ‘बी’ ले शनिबारै पशुपति स्किमिमर्सलाई ५–० को फराकिलो अन्तरमा पराजित गरेको छ । खेलको चौथो चार मिनेटमा हिक्मत खत्रीले खोलको गोलको खातामा २१औं मिनेटमा रूपेश चौधरीले गोल थपे ।  राजीवले ४४, ४७ र ६५औं मिनेटमा ह्याट्रिक पूरा गर्दा टोली ५–० को फराकिलो जित हात पार्न सफल भयो  । राजीव खेलको म्यान अफ द म्याचसमेत भए । 
सुदूरपश्चिम ११ ‘बी’ का प्रशिक्षक सुरेश हमालले १८ वर्षमुनिका खेलाडीहरूले आपसी तालमेल मिलाउँदा सहज जित हात पार्न सफल भएको बताए । स्किमिमर्सका प्रशिक्षक अमित जैरुले सुरुआतमै गोल खाँदा दबाबमा खेल्नुपरेको बताए । धनगढी रंगशालामा आइतबार स्पोर्टस स्कुल फुटबल एकेडेमी दाङ र हसनपुर युवा क्लबबीच पहिलो खेल हुनेछ भने मंगल युवा क्लब चौमला र न्यु बुद्ध युवा क्लब फूलबारीबीच दोस्रो खेल हुनेछ । 

 

प्रकाशित: २ पुस २०७४ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App