१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

प्लास्टिकले खायो दुनाटपरी

शुष्मा बराली
भक्तपुरका विनोद खड्गी ललितपुर, पाटनमा सालको हरियो पात र दुनाटपरी बेच्दै आएका छन् । हजुरबुबाका पालादेखि नै व्यापार गर्दै आएको उनले बताए । ‘हजुरबुबाले व्यवसाय सुरु गर्नुभयो, मैले यसलाई निरन्तरता दिएँ,’ उनले भने । तर, पछिल्लो समय दुनाटपरीको व्यापार सन्तोषजनक नभएपछि उनी निराश छन् ।

‘पात बेचेर अरु त के गर्न नै सकिन्छ र ? पाँचजनाको परिवारलाई बिहान–बेलुका खान र कोठा भाडा तिर्न पुगेको छ, त्यही हो ।’

हिन्दू धर्मअनुसार हरियो ‐विशेष) सालको पातलाई चाडपर्व तथा पूजाआजामा पवित्र वस्तुका रूपमा प्रयोग गर्ने प्रचलन छ ।
चाडपर्व र श्राद्धमा पात व्यापार राम्रो हुने गरेको उनी बताउँछन् । ‘पूजाआजा र श्राद्धमा दुनाटपरी नै प्रयोग गर्नुपर्ने भएकाले व्यापार राम्रो हुन्छ,’ उनी भन्छन् ।
उनले यसै व्यवसायबाट घरखर्च धानेका छन् । चितवनबाट पात र दुनाटपरी ल्याउने गरेको उनको भनाइ छ ।
मूलपानीकी राधिका फुँयाल असनमा सालको पात र दुनाटपरी बेच्दै आएकी छन् । उनी पछिल्लो समय दुनाटपरीको व्यापार घटेको बताउँछिन् ।
‘हेर्दा दुरुस्तै देखिने प्लास्टिकका दुनाटपरी बजारमा पाइन थालेपछि हरियो पातका दुनाटपरीको माग घटेको छ,’ उनले भनिन् ।
दुनाटपरीको माग नभएपछि फाइदा नै नलिएर बेच्नुपर्ने अवस्था आएको उनको दुखेसो छ । यद्यपि, विशेष चाडबाड, पूजाआजा, श्राद्ध र बिहे मौसममा भने यसको व्यापार राम्रै हुने गरेको उनी बताउँछिन् ।
गणेशस्थानमा पाँच वर्षदेखि पात व्यापार गर्दै आएका छन्, नौबिसेका गोपाल खड्का । पछिल्लो समय दुनाटपरीको  व्यापार घटेपछि उनी पनि निराश छन् । ‘सिजनमा बाहेक अन्य समयमा खासै व्यापार छैन,’ उनी भन्छन् ।
अन्य समयमा प्लास्टिकका दुनाटपरीको प्रयोग बढेपछि व्यवसाय नै संकटमा परेको उनको भनाइ छ ।  
‘प्लास्टिकका दुनाटपरी कम मूल्यमै पाइन थालेपछि हरियो पातका दुनाटपरी प्रयोग घट्यो,’ उनी भन्छन् ।
यही व्यवसायबाट उनले पाँचजनाको परिवार पालेका छन् । ‘पात बेचेर अरु त के गर्न नै सकिन्छ र ?’ उनले हाँस्दै भने, ‘पाँचजनाको परिवारलाई बिहान–बेलुका खान र कोठा भाडा तिर्न पुगेको छ, त्यही हो ।’
तुलसी शोभा महर्जन पनि गणेशस्थानमा पातका दुनाटपरीको व्यापार गर्छिन् । गणेश मन्दिरनजिकै फूल, प्रसाद, पूजा सामग्री र हरियो पातका दुनाटपरीको व्यापार गर्दै आएकी छन् । उनी पनि व्यवसायबाट खासै उत्साहित देखिएकी छैनन् । ‘अन्य बेलाभन्दा साँझ–बिहान र मंगलबार राम्रै व्यापार हुन्छ,’ उनले भनिन् ।
उनले दुनाटपरी खपत गर्ने नयाँ उपाय निकालेकी छन्– पूजा सामग्री टपरीमा राखेर बिक्री गर्ने ।
टपरीमा पूजा सामग्री राखेर बिक्री गरेकाले यसको खपत भइरहेको उनले बताइन् । पहिले यसको व्यापार राम्रै रहे पनि अहिले भने व्यापार घटेको उनी बताउँछिन् । ‘हिजोआज सिजनमा मात्रै दुनाटपरी बिक्री हुन्छ,’ उनी भन्छिन् ।
यसै व्यवसायबाट उनले परिवारको खर्च चलाएकी छन् । सहरमा बस्नेहरू चाडबाड, बिहे र पूजापाठ गर्दा धातु ‐तामा, पितल, चाँदी) का भाडा प्रयोग गर्न थालेपछि पातका दुनाटपरीको माग घटेको उनी बताउँछिन् । तर, कोही भने पातका दुनाटपरी नै खोज्दै आउने गरेको उनले बताइन् ।

प्रकाशित: १ पुस २०७४ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App