१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिगमा आज ७ खेल हुँदै

इङल्याण्ड- इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदैछन्। नेपाली समय अनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा लेचेष्टर सिटीले क्रिष्टल प्यालेसको सामना गर्नेछ। त्यस्तै राति ८ः४५ मा ५ खेलहरु हुँदैछन्। 

जसमा आर्सनलले न्यूक्यासल युनाइटेड, ब्राइटनले वर्नले, चेल्सीले साउथ ह्यामटन, स्टोक सिटिले वेष्टह्याम युनाइटेड र वाटफोर्डले हडल्सफिल्डसँग प्रतिस्पर्धा गर्दैछन्।

आजको अन्तिम खेलमा राति ११ः१५ मा हुनेछ। जसमा शीर्ष स्थानको म्यामचेष्टर सिटी र चौथो स्थानको टोटनह्याम भिड्दैछन्। लिगको १७औं चरणका खेलहरु सकिँदा म्यान्चेष्टर सिटी ४९ अंकका साथ शीर्ष स्थानमा छ। 

 

प्रकाशित: १ पुस २०७४ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App