१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भेरी सिँचाइको डिपिआर अन्तिम चरणमा

मेहलकुनाको गोकुलपुरमा भेरीको पानी लिफ्टमार्फत ल्याउन जडान गरिएको सोलार सिस्टम ।

सुर्खेत–राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजनाले पनि गति लिन थालेको छ । सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिँचाइ, कृषि सडक र विद्युत पु¥याउने उद्देश्यले भेरी करिडोर सिँचाइ विकास आयोजना सुरु भएको हो ।

करिब चार अर्वको यो आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) अन्तिम चरणमा पुगेको छ । ‘फिल्ड रिपोर्ट तयार गरेर त्यसलाई अन्तिम रुप दिन लागिरहेका छौं,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मनोज थापाले भने, ‘अबको चार महिनाभित्र सिँचाइ विभागमा स्वीकृतिका लागि डिपिआर पठाउँछौं ।’ फिल्ड रिपोर्टमा घोरेटादेखि घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा एक सय १५ लिफ्ट सिँचाइ र ४९ वटा कुलाको जीर्णोद्धार गर्नुपर्ने उल्लेख छ । ‘फिल्ड रिपोर्टबाट आएका तथ्यांकलाई अन्तिरुप दिँदासम्म केही आयोजना थपिने सम्भावना रहन्छ,’ सिडिई थापाले भने, ‘प्रारम्भिक सर्भेकै हाराहारीमा बजेट खर्च हुने अनुमान गरेका छौं ।’
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै सो क्षेत्रका जनतालाई सिँचाइ, सडक र विद्यु्त पु¥याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो । आयोजनाले भेरी नदीवारी र पारीका दुई–दुई किलोमिटर क्षेत्रफलमा भेरीको पानी लिफ्ट गरेर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने छ । यसका साथै भेरी नजिकका खोलाबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन ४९ वटा कुलाको निर्माण गर्नुपर्ने प्रस्ताव फिल्ड रिपोर्टमा उल्लेख छ ।

सरकारले आयोजना सञ्चालनका लागि चालू आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याएको छ । सात स्थानमा भेरीको पानी लिफ्टमार्फत खेतीयोग्य जमिनमा पु¥याउन ठेक्का प्रक्रिया सम्पन्न भएको छ भने केही ठाउँमा कुलो सुधारको काम भइरहेको छ । ‘डिपिआरसँगै भेरीको पानी पम्पिङ गर्ने काम पनि अगाडि बढाएका छौं,’ उनले भने, ‘अबको पाँच वर्षभित्र भेरी किनारका वारी र पारीका उर्वर भूमिमा सिँचाइका लागि पानी अभाव हुँदैन । सिँचाइसँगै ग्रामीण सडक र ग्रामीण विद्युतीकरणको काम पनि सँगै अघि बढ्ने छ । भेरी किनारका बस्तीमा विद्युत् र सडक पु¥याउने काम पनि सँगसँगै अघि बढ्छ,’ उनले भने, ‘भेरी–बबई बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य हामीले राखेका छौं ।’

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App