१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

निरज बोराको निधन

मुम्बई–अभिनेता, लेखक तथा निर्देशक नीरज बोराको बिहीबार मुम्बईमा निधन भएको छ । बोरा सन् २०१६ को अक्टोबरदेखि  मस्तिष्कघातका कारण कोमामा थिए ।  नीरजले ‘फिर हेराफेरि’ र ‘खिलाडी ४२०’को निर्देशन गरेका थिए भने ‘अकेले हम अकेले तुम’, ‘बादशाह’, ‘आवारा पागल दिवाना’, ‘अजनबी’ आदि फिल्ममा लेखकको जिम्मेवारी सम्हालेका थिए । 
अभिनेताको रुपमा फिल्ममा संलग्न भएका बोराले टिभी कार्यक्रममा ‘सर्कस’बाट अभिनय सुरु गरेका थिए । सन् १९८४ मा आएको ‘होली’ ठूलो पर्दामा उनको पहिलो फिल्म थियो । निर्देशक केतन मेहता र बोरा सहपाठी थिएन । ‘होली’ मेहताले नै निर्देशन गरेको फिल्म थियो । मेहताले बोरा अभिनेता,निर्देशक र लेखकको रुपमा बलिउड उद्योगमा स्मरणीय रहेको बताए । 
‘उनको सेन्स अफ ह्युमर तेज र अनौठो थियो । उनी दुनियालाई फरक नजरले हेर्थे,’ मेहताले भने । बोराको खास मित्रता निर्देशक प्रिदर्शनसँग पनि थियो । दुवैको भेट ‘बिरासत’ फिल्मको सेटमा भएको थियो । प्रियदर्शनले भने , ‘हामी दुवैको सोच उस्तै उस्तै थियो । उनले सदा मसँग हिन्दी फिल्ममा ह्युमरको कमी भएको बताउने गरेका थिए । उनकै कारणले म कमेडी फिल्म निर्देशनमा आएको हुँ । ‘हेराफेरि’को बनाउने सोच पनि उनकै थियो ।’
लेखकको रुपमा पनि उनले परेश रावल, जोनी लिवर जस्ता अभिनेताका लागि यादगार चरित्र निर्माण गरेका थिए । 

 

प्रकाशित: २९ मंसिर २०७४ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App