१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राप्रपा एकीकरण मंगलबार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंगलबार पार्टी एकता हुने भएको छ। राजधानीमा बृहत कार्यक्रम गरी एकीकरण घोषणा गरिने दुवै पार्टीका अध्यक्षद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै राख्ने सहमति गर्दै राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ।

जसअनुसार पशुपतिशम्सेर जबरा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष रहने सहमति भएको राप्रपाका महामन्त्री बुद्धिमान तामाङले जानकारी दिए। 'राष्ट्रिय अध्यक्ष र अध्यक्ष रहने व्यवस्था गरिएको छ,' तामाङले नागरिकसँग भने, 'पार्टी निर्देशक समितिको नेतृत्व राष्ट्रिय अध्यक्षले गर्नुहुन्छ, केन्द्रीय समिति र कार्यसम्पादनको अध्यक्षता अध्यक्षले गर्नुहुन्छ।'

पार्टी एकतापछि राप्रपा नेपालको झन्डा चयन गर्ने सहमति गरेका दुवै दलले धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा भने आगामी चैतमा हुने महाधिवेशनले टुंगो लगाउनेछ।

एउटा दल सरकारमा सहभागी हुने र अर्को विपक्षमा बस्ने तयारीमा रहेका बेला पार्टी एकतापछि बस्ने केन्द्रीय समितिले मात्र त्यसको टुंगो लगाउनेछ। बुधबार भएको प्रधानमन्त्री निर्वाचनमा राणा नेतृत्वको राप्रपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा र थापा नेतृत्वको राप्रपा नेपालले विपक्षमा मतदान गरेका थिए।

प्रकाशित: २३ श्रावण २०७३ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App