१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसले किच्दा नाबालकको मृत्यु

पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन्। 

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ। बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन्। 

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो। बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन्। 

प्रकाशित: २७ मंसिर २०७४ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App