१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पराजितले भने- ‘मेरो हारमा प्रजातन्त्र नहारोस’

काठमाडौं- मंसिर १० र २१  गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी छ । पहिलो हुने निवाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) अन्तर्गत सम्पूर्ण १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम मंगलबारसम्म आइसक्ने अनुमान गरिएको छ । यसपटक मतगणना भइरहँदा र परिणाम सार्वजनिक हुँदा विगतमा जस्तो विजयी र पराजित हुनेबीच तित्तता देखिएन । यसपटक निर्वाचनमा हार्ने उम्मेदवारले जित्नेलाई बधाई दिए, सफल कार्यकालको कामना गरे । यसलाई धेरैले राजनीतिक संस्कार सुरुआतका रुपमा पनि व्याख्या गरेका छन् ।

यसपटक मतगणना भइरहँदा र परिणाम सार्वजनिक हुँदा विगतमा जस्तो विजयी र पराजित हुनेबीच तित्तता देखिएन । यसपटक निर्वाचनमा हार्ने उम्मेदवारले जित्नेलाई बधाई दिए, सफल कार्यकालको कामना गरे । यसलाई धेरैले राजनीतिक संस्कार सुरुआतका रुपमा पनि व्याख्या गरेका छन् ।

संविधान जारी भएपछि सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पराजित हुनेले आफ्नो हारमा दुःखी हुनुभन्दा पनि राष्ट्रको जित भएकोमा खुसी व्यक्त गरेका छन् । संविधान कार्यान्वयन गर्न सकेको खुसीमा उनीहरु उत्साहित बनेका छन् । पराजित भए पनि आउँदा दिनमा आफ्नो पार्टीले दिएको जिम्मेवारी अझ जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता उनीहरुले गरेका छन् ।
पराजित हुने वाम गठबन्धनका उम्मेदवार आफ्नो गठबन्धनले ठूलो जित हासिल गरेकोमा झन् बढी खुसी देखिन्छन् । निर्वाचनले राष्ट्रको विकास र समृद्धिको ढोका खोलेकोमा पनि उनीहरुले खुसी व्यक्त गरेका छन् । जनताले स्थिरताको चाहना निर्वाचनमार्फत व्यक्त गरेकोमा उनीहरु अझ उत्साही बनेका छन् ।
‘म वाम गठबन्धनको एउटा प्रमुख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु,’ बर्दिया क्षेत्र नं. १ मा पराजित नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले निर्वाचन परिणाम सार्वजनिक भएपछि विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन ।’
गौतम नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए । वामदेवले ४४ हजार ७६ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत देशलाई विकास र समृद्धिको पथमा अगाडि बढाउन ढोका खुलेको दाबी गौतमले गरेका छन् । ‘आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैं उत्तिकै र अझ ऊर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु,’ गौतमले भनेका छन् ।
गोरखा निर्वाचन क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँग ६ हजार ८ सय ७४ मतले पराजित भएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजयले आपूm निराश नभएको बताए । पराजयको केही बेरमै आफ्नो ट्विटर ह्यान्डलबाट श्रेष्ठले विजयी बनेकोमा भट्टराईलाई बधाई र मतदातालाई धन्यवाद दिए ।
‘गोरखा–२ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई । निर्वाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, वाम गठबन्धनका नेताकार्यकर्ता, आफन्तजन, शुभेच्छुक सबैलाई आभार तथा धन्यवाद,’ श्रेष्ठले निर्वाचनको परिणाम आएपछि भने, ‘मेरो क्षेत्रको निर्वाचन परिणाम जेजस्तो भए पनि देश, जनता, सत्य र न्यायप्रतिको निष्ठामा अविचलित रही मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सक्रिय रहनेछु ।’
व्यक्तिगत रुपमा आफ्नो पराजय  भए पनि वाम गठबन्धनको जितबाट आपूm अत्यन्त खुसी भएको उनले बताएका छन् । उनले भनेका छन्, ‘वाम गठबन्धनको सानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठूलो विजय हो ।’ समाजवाद उन्मुख समृद्धि हासिल गर्न र पार्टी एकता सफल पार्न आफू लागिपर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निर्वाचन परिणामभन्दा पनि संविधान कार्यान्वयनमा आएकोमा खुसी छन् । निधि धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोसँग २ हजार ९ सय ३ मतले पराजित भएका छन् । आपूm पराजित भएको औपचारिक जानकारी प्राप्त भएपछि ट्विट गर्दै उनले विजयी बनेका महतोलाई बधाई दिएका थिए ।
‘कांग्रेस निर्वाचन परिणामभन्दा पनि उसको नेतृत्वमा आएको संविधान कार्यान्वयन भएकोमा खुसी छ । हामी लोकतन्त्रका अनुयायी हौं,’ निधिले ट्विटरमार्फत भनेका छन्, ‘लोकतन्त्रमा निर्वाचन यसको सबैभन्दा सुन्दर र महŒवपूर्ण पक्ष हो । जनताले आफ्नो विवेकले मतदान गर्न पाउने अधिकार प्रयोग गरेर संविधानमा रहेको संघीयता स्वीकार गर्नु हाम्रो सफलता भएको मैले मानेको छु ।’
निधि आफ्नो हारमा दुःखी हुनुभन्दा पनि कांग्रेसको नेतृत्वमा तीनवटै तहको निर्वाचन भएकोमा बढी उत्साही देखिन्छन् । उनले भनेका छन्, ‘हामी सधैं जनताको साथ छौं । अब हामी राष्ट्रिय हित र लोकहितविरुद्ध जाने शक्तिको खबरदारीका लागि सक्रिय रहनेछौं ।’
अर्का कांग्रेस नेता रामशरण महतले पनि आफ्नो पराजयलाई सहजरुपमा लिएका छन् । विगत २३ वर्षमा लगातार ४ पटक विजयको स्वाद चाखेका उनी यसपटक नुवाकोट क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङसँग ८ हजार ५ सय ५३ मतले पराजित भएका थिए । उनले आफ्नो पराजय जनचाहनाअनुसार भएको स्विकारेका छन् ।  
‘मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै विजयी हितबहादुर तामाङलाई बधाई र शुभकामना दिन्छु । मेरा मतदाता, शुभचिन्तक र पार्टी मित्रहरुको सहयोगको लागि धन्यवाद । लोकतान्त्रिक विकास र आर्थिक समुन्नतिप्रतिको मेरो प्रतिबद्धता निरन्तर रहनेछ,’ आपूm पराजित भएको निर्वाचन परिणाम आएपछि ट्विटरमार्फत महतले भनेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पराजित भए । मोरङ क्षेत्र नं. ६ बाट उठेका उनी नेकपा एमालेका लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित बने । निर्वाचनमा पराजित बनेपछि उनले आफ्नो फेसबुक पेजमार्फत आपूm मुलुकको समृद्धि र लोकतन्त्र संस्थागत गर्न अविचलित रुपमा रहने प्रतिबद्धता जनाए ।
‘लामो राजनीतिक संक्रमण काललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निष्कर्षमा पु¥याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ,’ कोइरालाले भनेका छन्, ‘जितहार प्राविधिक विषय हुन् । लोकतन्त्रको जन्मभूमि विराटनगरको बिरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दाहरू पूरा गराउन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।’
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नं. १ बाट पराजित भए । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग ८ सय १८ मतले पराजित भएका थिए । निर्वाचन परिणाम आएपछि उनले सिंहलाई फोन गरी बधाई दिएका थिए । उनले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको विज्ञप्तिमा यो देश बनाएरै छोड्ने अठोट गरेका छन् ।
‘विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामै बिनासंगठन उम्मेदवारी दिँदा पनि मलगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रुपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनक रुपमा लिएको छु,’ मिश्रले भनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जित निकाल्न सकेनन् । मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचनमा उठेका उनी नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग ५ हजार ९ सय ७३ मतले पराजित बनेका थिए । पराजित भएलगत्तै उनले  ट्विटरमार्फत दाहाललाई बधाई दिँदै मतदाताप्रति आभार प्रकट गरेका थिए ।
‘चुनावमा जनताको निर्णय शिरोधार्य गर्दै पराजय सहर्ष स्वीकार गर्दछु,’ थापाले भनेका छन्, ‘पराजयका विभिन्न कारण छन्, त्यसबारे बहस गर्ने बेला यो होइन । म कसैलाई दोष दिन चाहन्नँ ।’
लामो समयको अन्तरालमा निर्वाचनको मैदानमा उत्रेका नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले पनि यसपटक हार बेहोरे । भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उनी नेकपा एमालेका महेश बस्नेतसँग १७ हजार ७ सय २५ मतले पराजित बने । उनले आपूm पराजित बनेपछि विजयी बनेका ढुंगानालाई मात्र बधाई दिएनन्, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बधाई दिएका छन् ।
‘मेरा प्रतिस्पर्धी मित्र महेश बस्नेतजीलाई उल्लेख्य मतान्तरको विजयपछि धेरैधेरै बधाई । साथै देशव्यापी लहर ल्याउने अभियानका अधिनायक केपी शर्मा ओलीजीलाई मुख्य बधाई,’ ढुंगानाले आफ्नो फेसबुक पेजमा लेखेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका कांग्रेसका अर्का नेता रामहरि खतिवडाले पनि हारलाई सहज रुपमा लिएका छन् । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘जनताको हार नहोस्, ओखलढुंगाको हार नहोस् । प्रजातान्त्रिक पद्धतिको जित होस् । मेरो हारमा प्रजातन्त्र नहारोस् । जिल्लाले जितोस् । बधाई छ जित्नेलाई ।’
काठमाडौं क्षेत्र नं. ४ का कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित एमाले नेता डा. राजन भट्टराईले पनि हारलाई सहजै स्विकारी आगामी दिनमा राजनीतिमा झन् सक्रिय रुपमा लाग्ने बताएका छन् । निर्वाचन परिणाम आएपछि विजयी थापालाई फेसबुकमार्फत बधाई दिँदै उनले मतदाताको विश्वास डगमगिन नदिने प्रतिबद्धता जनाए ।
‘यसपटक प्रतिनिधिसभामा निर्वाचित हनु नसके पनि यहाँहरुले आफ्नो मतद्वारा हामीप्रति व्यक्त गर्नुभएको विश्वासलाई म कहिल्यै पनि विचलित हुन दिने छैन । यस क्षेत्रमा जनताको म प्रतिको विश्वासलाई अझै बलियो बनाउने काममा म लाग्नेछु,’ भट्टराईले भनेका छन् । 

प्रकाशित: २७ मंसिर २०७४ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App