१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा बेपत्ता तीनको शव फेला

चितवन – मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो। 

कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो। कार्की र थापासँगै अर्का सनाखत नभएका पुरुषको शव पनि फेला परेको छ। 

सो घटनामा सात जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ। परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सात जना बेपत्ता भन्दै आएको थियो। 

बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ। शाही काठमाडौँंमै सकुशल रहेको प्रनाउ ढकालले बताए। 

उनका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँंडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन्। बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए। 

सो घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए । लु २ ख २९१ नं को उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो। 

प्रकाशित: २६ मंसिर २०७४ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App