१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई श्रीलङ्काद्वारा बधाई

काठमाडौं–  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रधानमन्त्री दाहाललाई विक्रमसिंगेले शनिबार बिहान टेलिफोन गरी उनको कार्यकालमा नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान हुने विश्वास व्यक्त गरेकाे प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले अगामी दिनमा नेपाल र श्रीलङ्काबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि धन्यवाद दिएका थिए। रासस

प्रकाशित: २२ श्रावण २०७३ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App