१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संखुवासभामा पुनः मतगणना सुरु

संखुवासभा– दुई दुई पटक स्थगित भएको संखुवासभाको मत गणना पुनः सुरु भएको छ। सोमबार बिहान ५ बजेबाट स्थगित गरिएिको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ अन्तर्गतको मतगणना स्थगित भएको थियो। नेपाली कांग्रेसका प्रतिनिधि नभएको बेला मत पेटिका खोलिएको आरोपका कारण प्रदेश ‘क’ को विवाद चुलिएको हो भने प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका प्रतिनिधि मतपेटिका राखिएको स्थानको ताला चावी लिएर मतगणना स्थलबाट बाहिरिए पछि मतगणना स्थगित भएको थियो । मत गणना सुचारु गर्ने दलहरुको  सहमति भएपछि ६ घण्टा पछि सुरु भएको हो । 

यसअघि आइतबार राति १० बजे मत संकेतलाई लिएर विवाद चुलिएको थियो । तर नेपाली कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार दीपक खड्काले बदर मत पुनः गणना गर्न माग गर्दै दर्ता गरिएको निवेदन निर्वाचन आयोगमा फर्वाड गरिएपछि आयोगको निर्णय स्वीकार गर्ने सहमतिकासाथ ३ घण्टा पछि मत गणना सुरु गरिएको थियो । एकै प्रकृतिका मत संकेतमा मुख्य निर्वाचन अधिकृतको फरक निर्णय आएपछि मतगणना विवादमा तानिएको हो। 

प्रतिनिधिसभा तर्फको ६० हजार ६ सय २० गणना गरिएकोमा २ हजार ८ सय ८८ मत बदर भएको छ । 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको संखुवासभामा बाम गठबन्धनको अग्रता कायमै रहेको छ। 

प्रकाशित: २५ मंसिर २०७४ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App