१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गच्छदार उम्मेदवार रहेको क्षेत्रमा मत गणना स्थगित

विजयकुमार गच्छदार

इटहरी— नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना स्थगित भएको छ। छैटौं पटक उम्मेदवार बनेका गच्छदारलाई बाम गठबन्धनको तर्फबाट उम्म्मेदवार बनेकी चौधरीले सुरुदेखि नै पछि पारिरहेकी छिन्।

अन्त्यतिर आएर गच्छदारले मत अन्तर कम गर्दै ल्याएका छन्। पछिल्लो अवस्थामा चौधरीको २९ हजार  ३२६ मत छ। गच्छदारको २९ हजार १७१ मत रहेको छ।

दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै करिब २० हजार मत गणना गर्न बाँकी छ।

प्रकाशित: २५ मंसिर २०७४ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App