१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रश्न राजनीतिक ओलीको जवाफ अर्कै (भिडियो)

काठमाडौं- आइतबार उपेन्द्र महतोको लगानीमा खुलेको मेडसिटी अस्पताल पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्रकारले निर्वाचन पछिको परिणाम पछि गठन हुने सरकारको सम्भावनाबारे प्रश्न गरे। अब सरकार गठनको प्रक्रिया अघि बढ्छ होला ? यो प्रक्रियाको तपाई कमाण्डर हुनुहुन्छ यो प्रक्रिया कसरी अघि बढ्छ ? प्रश्न राजनीतिक थियो। तर ओलीको जवाफ भने अर्कै। उनले राजनीतिक प्रशंगलाई अन्यत्रै मोडे, उत्तर पनि राजनीतिक दिएनन्। उनले आफ्नो जवाफ अस्पतालकै विषयमा केन्द्रित गरे। जुन प्रशंग कतै पनि नमिल्ने थियो। उनले भने, 'मैले यस हस्पिटलको स्थापनालाई राम्ररी लिएको छु। सकारात्मक रुपमा लिएको छु। यसको उन्नती होस् प्रगती होस् । सफलता होस्। यसले राम्ररी उपचार गरेको मैले पाएक छु। म यस अस्पतालको सफलताको कामना गर्दछु। मैले भनेको छु मेरो तर्फबाट हुने सहयोग हुन्छ।'

राजनीतिक प्रश्नको यस्तो जवाफ आए पनि सञ्चारकर्मीले फेरी राजनीतिक प्रश्ननै गरे। देशमा वामपन्थीले जितिराखेको छ अव देशको बारेमा भनिदिनुस् भन्दै अर्को प्रश्न आयो। तर ओलीले त्यो प्रश्नलाई पनि यस्तै जवाफ दिएर टारे। ओलीको छेउमै रहेका उपेन्द्र महतो मुसुमुसु हाँसिमात्र रहे। उनले नेपालाई मेडिकल हवको रुपमा एजुकेशन हवकोरुपमा विकास गर्न सकिने र त्यस दिशामा यस अस्पतालले काम गरोस् भन्दै उत्तर दिए।

फेरी उनलाई अर्को प्रश्न आयो। अब ठूला नेताहरु उपचार गर्न विदेश जानबाट रोकिएलान् ? त्यस्तो आभास पाउनु भएको छ ? ओलीको जवाफ थियो, 'तपाईको ध्यान ठूला नेताति गएको हो। सक्नेले सकेसम्म बाँच्न खोज्छन् र विदेशमा गएर उपचार गराउँछन्। ठूला नेतामात्र होइन अरुले पनि।' त्यसपछि ओली धन्यवाद भन्दै पत्रकारबाट छुट्टिए।

भिडियो: केशव थोकर

प्रकाशित: २४ मंसिर २०७४ १८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App