१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नुवाकोटमा फहरायो लाल झन्डा

नुवाकोट— दुई प्रतिनिधि र चार प्रदेश सभा रहेको नुवाकोट बाम गठबन्धनको कब्जामा परेको छ। मंसिर  १० गते भएको पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पटकपटक मन्त्री भइसकेका हेभिवेटका उम्मेदवारहरु अर्जुननरसिंह केसी र डा. रामशरण महतले जनताको मत आफ्नो हात पार्न सकेनन्। केसी र महतले आफ्नो मातहतमा रहेको प्रदेश सभाहरु समेत जोगाउन सकेका छैनन्। 

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार केन्द्रिय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले भन्दा ८ हजार ५ सय ५३ बढी मत ल्याएर तामाङले जितेका हुन् । महतले २७ हजार ९ सय २० मत प्राप्त गरे भने तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका छन्। 

तामाङले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा र २०७० मा भएको दोश्रो संविधानसभाको निर्वाचनमा महतसँग नै प्रतिष्पर्धा गरेका थिए । ६४ र ७० मा महतले जित हासिल गरेको भए पनि तेश्रो पटकको प्रतिष्पर्धामा  तामाङले विजय हात पारेका छन्।

माङले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा र २०७० मा भएको दोश्रो संविधानसभाको निर्वाचनमा महतसँग नै प्रतिष्पर्धा गरेका थिए । ६४ र ७० मा महतले जित हासिल गरेको भए पनि तेश्रो पटकको प्रतिष्पर्धामा  तामाङले विजय हात पारेका छन्।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ र ‘ख’ मा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङले १८ हजार १ सय ३७ मत ल्याएर बिजयी भएकी छिन् । उनको प्रतिष्पर्धी  नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३ हजार ३ सय ६८ मत गरी पराजित भएका छन् ।  तामाङ र थिङ विचको मतान्तर ४ हजार ७ सय ६९ रहेको छ।

क्षेत्र नम्बर १ कै प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २० हजार ५ सय ९ मत ल्याएर बिजयी भएका छन्। उनले  नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतको भन्दा ८ हजार २ सय ९२ मत बढी ल्याएर विजयी भएका हुन् । महतले  १२ हजार २ सय १७ मत प्राप्त गरेका छन्। 
जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडासँग अजूृननरसिंह केसी पराजित भएका छन्।  खतिवडाले नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्। 

क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २० हजार ९ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी  नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।  पाण्डे र केसी विचको मतान्तर ७ हजार २ सय ८० मत रहेको छ। 

प्रदेश सभा (ख) तर्फ माओवादी केन्द्रका हिरानाथ खतिवडाले  १७ हजार ६२  मत विजयी भएका छन् भने प्रतिष्पर्धी काङ्ग्रेसका जगत तामाङले  १४ हजार ५२ मत प्राप्त गरेका छन्। 

 

प्रकाशित: २४ मंसिर २०७४ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App