१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिरहा ३ मा लिलानाथ श्रेष्ठ विजयी

जीतपछि फूलमाला अबिर लगाएर  लिलानाथ श्रेष्ठलाई  शुभकामना बाड्दै समर्थकहरू । तस्बिर : नागरिक

सिरहा – नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । सिरहा ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई दुई हजारबढी मतले पराजित गर्दै निवार्चित भएका हुन्।

श्रेष्ठले २३२७० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१२१८ हजार मत प्राप्त गरेका छन्।

श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट उठेका थिए । त्यो बेला उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग थोरै मतअन्तरले पराजीत भएका थिए। 

 

प्रकाशित: २४ मंसिर २०७४ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App