१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रामचन्द्र पौडेल पराजित

काँग्रेस नेता पाैडेल। फाइल तस्विर

तनहुँ—नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन्। तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ किसानले पराजित गरे।

पौडेललाई एमाले नता किसानले ६ हजार ४१४ मतान्तरले पराजित गरेका हुन्।

विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए। पराजित पौडेलले २७ हजार ६७५ मत मात्र पाए। यसअघि २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पनि पौडेल र किसान श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला पौडेल ४५ सय मतले विजयी भएका थिए।

प्रकाशित: २४ मंसिर २०७४ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App