१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अमरेशकुमार सिंह निरन्तर पछाडि

अमरेशकुमार सिंह। फाइल तस्विरः प्रबिन कोइराला

सर्लाही— सर्लाही-४ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परिरहेका छन्। उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पारेका हुन्।

पछिल्लो परिणामअनुसार सर्लाही-४ का राजपा उम्मेदवार मिश्र १३ हजार २१३ मतका साथ अगाडि छन्। काँग्रेसका अमरेसकुमार सिंहको १२ हजार २४४ साथ उनलाई पछ्‌याइरहेका छन्।

शक्ति केन्द्र निकट मानिने सिंह जिल्लामा भिआइपी सुरक्षामा हिँडडुल गर्दै आएका छन्। तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई पार्टी राजनीतिमा प्रवेश गराएका थिए।

प्रकाशित: २४ मंसिर २०७४ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App