१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरीमा एमालेको विजयी सुरुवात

इटहरी । सुनसरीमा बाम गठबन्धनको एमालेले विजयी सुरुवात गरेको छ । क्षेत्र नं १ को प्रदेश क तर्फ बाम गठबन्धन (एमाले)का प्रदिप भण्डारी विजयी भएका छन् । उनले १९ हजार २४३ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कांग्रेसका किशोर राइले १३ हजार ७७० मत ल्याए । क्षेत्र नं ४ मा प्रदेश क तर्फ बाम गठबन्धनका एमालेका जगदीश कुसियत विजयी भए । उनी १६ हजार ६ सय ९० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका रेवती दुलालले १५ हजार २८२ मत ल्याए । 

 

प्रकाशित: २४ मंसिर २०७४ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App