१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्जुन नरसिंह केसी १० हजार मतले पराजित

काँग्रेस नेता अर्जुन नरसिंह केसी

नुवाकोट— नुवाकोटको क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा विजयी भएका छन्। खतिवडाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको भन्दा १० हजार ५ सय ५७ मत बढी ल्याएर विजयी भएका हुन्। नेकपा (एमाले)का उम्मेदवार खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याएका हुन् भने केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन्। 

क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले २० हजार ९ मत ल्याएर बिजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी  नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १२ हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।  पाण्डे र केसी विचको मतान्तर ७ हजार २ सय ८० मत रहेको छ । 

प्रदेश सभा (ख) तर्फ माओवादी केन्द्रका हिरानाथ खतिवडाले  १७ हजार ६२  मत विजयी भएका छन् भने प्रतिष्पर्धी काङ्ग्रेसका जगत तामाङले  १४ हजार ५२ मत प्राप्त गरेका छन् । 
यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ र ‘ख’ मा बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङले १८ हजार १ सय ३७ मत ल्याएर बिजयी भएकी छिन् । उनको प्रतिष्पर्धी  नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङले १३ हजार ३ सय ६८ मत गरी पराजित भएका छन् ।  तामाङ र थिङ विचको मतान्तर ४ हजार ७ सय ६९ रहेको छ ।


यस्तै, प्रदेश ‘ख’ तर्फ नेकपा एमालेका उम्मेदवार बद्री मैनाली २० हजार ५ सय ९ मत ल्याएर बिजयी भएका छन् । उनले  नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महतलाई ८ हजार २ सय ९२ मत बढी ल्याएर विजयी भएका हुन् । महतले  १२ हजार २ सय १७ मत प्राप्त गरेका छन् । 

प्रकाशित: २४ मंसिर २०७४ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App