१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव जित नजिक, सप्तरीका ३ क्षेत्रमा राजपा-फोरम गठबन्धनको अग्रता

उपेन्द्र यादव। फाइल तस्विर

राजविराज—प्रतिनिधि सभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ८ हजार मतको फराकिलो अन्तर बनाएका छन्।
 
प्राप्त पछिल्लो मतपरिणामअनुसार यादव १८ हजार ६ सय ३ मतसहित अग्रस्थानमा रहेका छन्। संयुक्त बाम गठबन्धनका उम्मेदवार उमेशकुमार यादव १० हजार ९ सय ३१ मत सहित उपेन्द्रलाई पछ्याइ रहेका छन्। त्यस्तै फोरम–राजपा गठबन्धनका बागी उम्मेदवार जयप्रकाश ठाकुर ७ हजार ६ सय ७६ मत प्राप्त गरेका छन्। उपेन्द्र फोरम–राजपा गठबन्धनका साझा उम्मेदवार हुन । उनलाई नेपाली काँग्रेसको समर्थन समेत प्राप्त रहेको छ।

प्रतिनिधि सभा तर्फ सप्तरीका ४ वटा निर्वाचन क्षेत्र मध्यै ३ वटा क्षेत्रहरुमा फोरम–राजपा गठबन्धनका उम्मेदवारले अग्रता वनाएको छ भने एउटा क्षेत्रमा काँग्रेसका उम्मेदवार अगाडि छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा फोरम–राजपा गठबन्धनका उम्मेदवार डा. सूर्यनारायण यादव ११ हजार १ सय ९६ मत सहित अग्रस्थानमा देखिएका छन्। त्यस्तै नेपाली काँग्रेसका रामदेव साह ८ हजार ५ तथा संयुक्त बाम गठबन्धनका अशोककुमार मण्डल ७ हजार ८ सय १ मत प्राप्त गरी प्रतिस्पर्धामा छन्।

यता सप्तरी क्षेत्र नम्बर ३ मा राजपा–फोरम गठबन्धनका चन्द्रकात चौधरी १३ हजार ९ सय २७ मतका साथ अग्रता कामय गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार दिनेशकुमार यादव १३ हजार ७ सय ८२ मतका चौधरीलाई पछ्याई रहेका छन्। उक्त क्षेत्रमा बाम गठबन्धका उम्मेदवार ताराकान्त चौधरी भने ६ हजार ६ सय २० मतका साथ प्रतिस्पर्धामा छन्।

त्यस्तै सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ मा भने वर्तमान सरकारका राज्य मन्त्री एवम् काँग्रेसका उम्मेदवार तेजुलाल चौधरी ४ हजार ५ सय ३२ मतका साथ अग्रस्थानमा छन् । यसैगरी राजपा–फोरमका उम्मेदवार पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादव ३ हजार ३ सय २१ मतका साथ काँग्रेस उम्मेदवारलाई पछ्याई रहेका छन् । उक्त क्षेत्रवाट संयुक्त बाम गठबन्धनका उम्मेदवार मोहम्मद इस्लाम २ हजार ७ सय ९५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७४ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App