१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवाले लिए ५ हजार मतको अग्रता

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्विर

डडेल्धुरा— प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मत अन्तर बढाएका छन्। प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट उम्मेदवार रहेका उनले ५४३८ मतको अन्तर पुर्‍याएका हुन्।

पछिल्लो परिणामअनुसार देउवाले १३१८२ मत पाएका छन्। वाम गठबन्धनका खगराज भट्टको ७७४४ मत छ।

प्रदेश सभा ख मा काँग्रेसका कर्णबहादुर मल्ल ८२४६ तथा वाम गठबन्धनका तर्फबाट एमालेका डा.तारा जोशी ७०२९ मतको स्थितिमा छन्।

प्रकाशित: २३ मंसिर २०७४ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App