१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अमन मोदीले हराए महेश आचार्यलाई

विराटनगर—मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन्।

मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरे।

अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भएको छ। चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ।

मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा. मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरेका छन्।

यस्तै, मोरङ क्षेत्र नं– ५मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ मंसिर २०७४ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App