१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विजयकुमार गच्छदार २ हजार मतले पछि परे

काँग्रेस नेता विजयकुमार गच्छदार। फाइल तस्विर

इटहरी—प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधीसभामा बाम गठबन्धनका उम्मेदवार जयकुमार राईको अग्रता कायमै छ। जयकुमारले छ हजार ५४३ मत ल्याएका छन्।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अशोक राईले तीन हजार ४५४ मत ल्याएका छन् । क्षेत्र नं. १ ‘क’ तर्फ बाम गठबन्धन एमालेका प्रदिप भण्डारीले पाँच हजार २२८ र लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका किशोर राईंले चार हजार २३० मत ल्याएका छन्।

क्षेत्र नं. २ मा प्रतिनिधीसभामा काँग्रेसका सीताराम मेहताले चार हजार ८५९ र बाम गठबन्धन माओवादी केन्द्रका डम्मरु सुवेदीले तीन हजार ९९६ मत ल्याएका छन्।  क्षेत्र नं. ३ मा बाम गठबन्धनकी भगवती चौधरीको अग्रता कायमै छ।

उनले अहिलेसम्म पाँच हजार १३८ ल्याएकी छन् भने काँग्रेसका बिजयकुमार गच्छदारले तीन हजार ७४४ मत ल्याएका छन्। यस्तै, क्षेत्र नं. ४ मा प्रतिनिधीसभामा नेपाली काँग्रेसका ज्ञानेन्द्र कार्कीले सात हजार ५२५ मत ल्याएका छन् भने बाम गठबन्धनका एमालेका रमेश श्रेष्ठले पाँच हजार ६९५ मत ल्याएका छन्। ४ को ‘क’ तर्फ बाम गठबन्धनका जगदीस कुसियतले छ हजार ७८० र नेपाली काँग्रेसका रेवती दुलालले पाँच हजार ३३१ मत प्राप्त गरेका छन्।

 

प्रकाशित: २३ मंसिर २०७४ ०३:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App