१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रहरीद्वारा वाम गठबन्धनका युवाहरूमाथि लाठी प्रहार

मोहन गुरुङ
स्याङजा –स्याङजा क्षेत्र नम्बर दुईका वाम गठबन्धनका उम्मेदवार पदमा अर्यालको लागि न्याय माग्न गएका वामगठबन्धका युवाहरूलाई प्रहरीले लठ्ठी प्रहार गरेको छ ।  प्रहरीको लठ्ठी प्रहारबाट नेकपा एमालेका युवा नेता कृष्ण खाँड घाइते भएका छन्। 

अर्याललाई हिजो चापाकोट नगरपालिका–४ राममन्दिरमा मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले आाक्रमण गरी कुटपिट गरेको थियो । सो विषयमा छानबिनका लागि वाम गठबन्धनका नेताहरू जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न गएका थिए।

छलफलबाट फर्कने क्रममा गठबन्धनका कार्यकर्ताहरूलाई प्रशासनको निर्देशनमा प्रहरीले लठ्ठी प्रहार गरेको नेता लक्ष्मीपति पौडेलले जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा हामीले माग राखेका थियौं’ उनले भने, ‘प्रशासनले गोपालमान श्रेष्ठको निर्देशनमा कुटपिट गरेको हो। 

निर्वाचन हार्ने निश्चित भएपछि गोपालमानले प्रशासन र पुलिसलाई हातमा लिई घटना घटाएको गठबन्धनको अरोप छ। गोपालमान र अर्याल स्याङजा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धा गरेका थिए। 

 

प्रकाशित: २२ मंसिर २०७४ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App