१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देहीमा मतगणना शुरु

बुटवल – प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ।

प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १, २ र ३ को मतगणनास्थल तय गरिएकोमा अहिले अपरान्हबाट क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए। 

यस्तै क्षेत्र नं ४ र ५ को जिल्लास्थित शैक्षिक तालीम केन्द्र बसडिलवामा मतगणना गर्ने व्यवस्था मिलाइएको छ। ती क्षेत्रको पनि सर्वदलीय सहमति कायम गरेर गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। 

जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदातामध्ये तीन लाख ९३ हजार १५ मत अर्थात ७५.२१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। 

उनका अनुसार क्षेत्र नं १ मा ८७ हजार १९, क्षेत्र नं २ मा ७४ हजार ४०९, क्षेत्र नं ३ मा ८४ हजार १६२, क्षेत्र नं ४ मा ६७ हजार ८६१ र क्षेत्र नं ५ मा ७९ हजार ५६४ मत खसेको छ। 

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए। मतगणनास्थलमा सुरक्षा सतर्कताका लागि सिसी क्यामेराको व्यवस्था मिलाइएको छ। 

प्रकाशित: २२ मंसिर २०७४ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App