१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धादिङमा वामलार्इ पच्छ्याउँदै लाेकतान्त्रिक गठबन्धन

धादिङ – धादिङ जिल्लाका छवटै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । क्षेत्र नं १ को भूसंरक्षण कार्यलयको हल र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हलमा मतगणना कार्य भइरहेको छ। 

क्षेत्र नं १ को पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका भूमि त्रिपाठीले १६५५९, लोकतान्त्रिक गठबन्धनका विश्व अर्यालले ७७४४ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश सभा अन्तर्गत क्षेत्र नं १ को प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डेले १३,७८८, लोकतान्त्रिक गठबन्धनका मधुकुमार श्रेष्ठले ६३२१ मत प्राप्त गरेका छन् । प्रदेश (ख)मा वाम गठबन्धनका शालिक राम जमरकट्टेलले १२४१६, लोकतान्त्रिक गठबन्धनका प्रभातकिरण सुवेदीले ५४४७ मत प्राप्त गरेका छन्। 

त्यस्तै धादिङ क्षेत्र नं २ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका खेम लोहनीले १२,९८०, लोकतान्त्रिक गठबन्धनका दिलमान पाख्रिनले ११७७० मत प्राप्त गरेका छन् ।  क्षेत्र नं २ को प्रदेशसभा (क)मा वाम गठबन्धनका डा रामकुमार अधिकारीले १०५३२, लोकतान्त्रिक गठबन्धनका रमेश धमलाले १०३२३ मत प्राप्त गरेका छन्  भने प्रदेश (ख)मा वाम गठबन्धनका जगत सिम्खडाले १११४३ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका डम्बर तामाङले ९९२९ मत प्राप्त गरेका छन्। 

प्रकाशित: २२ मंसिर २०७४ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App