१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पामा लोकतान्त्रिकलाई पछाडि छोड्दै वाम गठबन्धन

रोल्पा – रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई पछाडि छोड्दै गएको छ ।

प्रतिनिधि सभा तर्फ वामगठबन्धनका माओवादी केन्द्रका उमेदवार वर्षमान पुनले ६ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसीले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन् ।

प्रदेशसभा तर्फ प्रदेश न. ख मा माओवादी केन्द्रका दिपेन्द्र पुनले ४ हजार ६ सय ६५ र नेपाली कांग्रेसका खगेन्द्र प्रकास हमालले १ हजार ३ सय ४९ मत ल्याएका छन । मत गणना जारी रहेको छ । 

प्रकाशित: २२ मंसिर २०७४ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App