१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओखलढुंगामा वाम गठबन्धनकै अग्रता

खोटाङ– ओखलढुंगामा पनि वाम गठबन्धनका उम्मेद्वारले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणमअनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस र एमालेका उम्मेद्वारबीचमा १०८९ मतको अन्तर देखिएको छ ।
एमालेका उम्मेद्वार यज्ञराज सुनुवार १२ हजार ७२१ र कांग्रेसका रामहरि खतिवडाले ११ हजार ६३२ मत पाएका छन् । यस्तै, प्रदेशसभा (क) मा एमालेका अम्बिरबाबु गुरुङले १० हजार ९६१ मत पाउँदा कांग्रेसका मित्रसेन दाहालले ६ हजार ३३ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा (क) को मत गणनापछि मात्र प्रदेशसभा (ख) को मत गणना सुरु गरिने जनाइएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयको कोठामा तार जालीको घेरा बाराबाहेक सिसी क्यामेरा समेत जडान गरेर मत गणना भइरहेको छ । १ लाख २ हजार २५० मतदाता रहेको ओखलढुंगामा करिब ६४ प्रतिशत मत खसेको थियो ।

 

प्रकाशित: २२ मंसिर २०७४ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App