१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

खोटाङमा वाम गठबन्धन २८ सय मतले अगाडि

खोटाङ– खोटाङमा सुरुदेखि नै वाम गठबन्धनले आफ्नो अग्रतालाई कायम राखेको छ । बिहीबार बेलुका ७ बजेपछि गणना सुरु भएको जिल्लामा एमाले–माओवादी गठबन्धनका उम्मेद्वारले अग्रता गरिरहेको छ । शुक्रबार बिहान ७.३० बजेसम्मको परिणाम अनुसार वाम गठबन्धनलाई कांग्रेस–राप्रपा लगायतका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले पछ्याइरहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धन एमालेका उम्मेद्वार बिशाल भट्टराई कांग्रेसकी सरस्वती बजिमयभन्दा २८०१ मतले अगाडि छन् । मुख्या निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भट्टराईले ७९७६ मत र कांग्रेसकी उम्मेद्वार सरस्वती बजिमयले ५१७५ मत पाएकी छन् ।

यस्तै, प्रदेशसभा (क) मा एमालेका राजन राईले ४०३७ मत, कांग्रेसका सुवासकुमार पोखरेलले २५७६ मत पाएका छन् । प्रदेशसभा (क) मा वाम र लोकतान्त्रिक गठबन्धनको मतान्तर १४६१ मत छ । प्रदेशसभा (ख) मा बाम गठबन्धन माओवादी केन्द्रका रामकुमार राई ४२७० मतका साथ अगाडि छन् भने कांग्रेसका विष्णुकुमार राईले २५२७ मतका साथ वाम गठबन्धनका उम्मेद्वारलाई पछ्याइरहेका छन् । उनीहरुको मतान्तर १७४३ मत छ ।

बेलुका ७ बजेदेखि मूख्या निर्वाचन अधिकृतको कार्यालयमा मत गणना भइरहेको छ । कूल १ लाख २५ हजार १०८ मतदाता रहेको जिल्लामा ७१ हजार ३११ मत खसेको थियो ।

प्रकाशित: २२ मंसिर २०७४ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App