१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ। 

आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो। 

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो। 

सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ। बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए। 

प्रकाशित: २१ मंसिर २०७४ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App