२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रियो ओलम्पिक आजबाट सुरु

रियो दि जेनेरियो- दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा आजबाट औपचारिकरुपमा रियो ओलम्पिक २०१६ सुरु भएको छ। मराकाना रंगशालामा हुने उद्‍घाटन समारोह करिब ३ करोड मानिसले अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ। ओलम्पिकको ३१औं संस्करणसम्म आइपुग्दा कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले ओलम्पिक खेलको आयोजना गरेको यो नै पहिलो अवसर हो।

अगस्ट ५ देखि २१ सम्म चल्ने ओलम्पिक खेलमा २०६ राष्ट्र र केही शरणार्थी राष्ट्रका खेलाडी गरी १० हजार ५ सय खेलाडीहरुले कूल २८ खेलमा प्रतिस्पर्धा गर्नेछन्। रियो ओलम्पिक यसअघि नै सरकारले खेल आयोजनाका लागि गरेको चर्को खर्च, रसियाको डोपिङ काण्ड तथा जिका भाइरसको डरका कारण चर्चामा आइसकेको छ।

यसै प्रतियोगिताबाट कोसोभो र दक्षिणी सुडानले ओलम्पिकमा डेभ्यु गर्दैछन्। आफ्नो राष्ट्रको झण्डा ओलम्पिक खेलमा प्रतिबन्ध भए ओलम्पिकको झण्डामुनि खेल्ने खेलाडीको संख्या दश रहेको छ। शरणार्थी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्ने खेलाडीमा दक्षिणी सुडानका ५, कंगो र सिरीयाका समान २/२ तथा इथियोपियाका एक जना खेलाडी छन्।

रियो ओलम्पिकमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सबैभन्दा धेरै ५ सय ५४ खेलाडीको सहभागिता छ। त्यस्तै नेपालकी १३ वर्षीया स्विमिङ खेलाडी गौरिका सिंह रियो ओलम्पिककै कान्छी खेलाडी हुन्।

त्यस्तै यसै ओलम्पिकबाट रग्बी खेललाई पहिलोपल्ट ओलम्पिक खेलमा समावेश गरिएको छ भने गल्फ खेललाई १२ वर्षपछि पुनः समावेश गरिँदैछ।

 

 

 

प्रकाशित: २२ श्रावण २०७३ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App