१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मतदान सुरु

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको मतदान सुरु भएको छ। संघीय संरचनाअनुसार यो चुनाव ४५ जिल्लामा हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

बिहीबार सात प्रदेशका १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा २ सय २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये १ हजार ५ सय ३३ पुरुष र १ सय ३० महिला छन् ।
प्रदेशसभा सदस्यतर्फ २ हजार ८ सय १९ जना उम्मेदवार मैदानमा छन् । त्यसमध्ये २ हजार ५ सय ९९ पुरुष र २ सय २० महिला छन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका लागि २२० पदका लागि ५ हजार ८ सय ३८ जना मैदानमा छन् ।
चुनाव हुने जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । चुनाव सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी खटिएको आयोगले जनाएको छ । चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

प्रकाशित: २१ मंसिर २०७४ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App