१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ढुक्क हुनुहाेस् सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

काठमाडाै - नेपाल प्रहरीले  बिहीवार हुने निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको बताएको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा ६५ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिएको छ । 'थप सुरक्षाकर्मी र हवाई सुरक्षाको पनि प्रवन्ध मिलाइएको छ, प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ' कुनै स्थानमा केही भएमा ५ मिनेटभित्रै सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ ।'

निर्वाचनका लागिे बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएको बताउदै प्रवत्ता न्यौपानेले नेपाल प्रहरीले निर्वाचनका लागी देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जानकारी दिए ।  
यसैबीच नेपाल प्रहरीले बिहीवार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लवका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित: २० मंसिर २०७४ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App