चार दिनभित्र प्रत्यक्षको मत परिणाम आउने

मङ्गलबार, १९ मङि्सर २०७४, १८ : ०९ नागरिक

काठमाडौँ (रासस)-  निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ।

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सानो र छरितो मतपत्र भएकाले मतगणना निकै छिटो ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गरे।

उपलब्ध स्रोत साधनबाट सम्भव हुने अवस्थामा मतगणना स्थलमा सीसीटिभी जडान गर्ने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ। मतगणना प्रतिनिधिलाई प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार परिचयपत्र उपलब्ध गराउँदा मतगणना प्रतिनिधिको फोटो अनिवार्यरूपमा टाँसेर मात्र उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ।

दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य शुरु हुनेछ । दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मात्र मतगणना शुरु हुने निर्वाचन आयुक्त पौड्यालले जानकारी दिए।

उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी वा मतगणनास्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणनास्थलमा प्रवेश गर्न दिनुअघि अनिवार्यरूपमा सुरक्षा जाँच गरेरमात्र प्रवेश दिने व्यवस्था गर्न आयोगले मुख्य निर्वाचन, अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई भनेको छ।

मतगणनास्थलमा उपस्थित उम्मेदवार/निर्वाचन प्रतिनिधि/मतगणना प्रतिनिधिले मतगणनाको क्रममा कुनै पनि हालतमा मतपत्र छुन नपाउने/नसक्ने गरी छेकवार राख्ने र उपरोक्त व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रबन्ध मिलाइने आयुक्त पौड्यालले जानकारी दिए।  

राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकलाई मतगणनाको पर्यवेक्षण गर्न दिँदा मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतले निश्चित समय, स्थान र अवधि तोकी पर्यवेक्षण गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले मातहतका निकायलाई भनेको छ।

मतगणना र सोको अद्यावधिक परिणाम राजनीतिक दल, उम्मेदवार, आमनागरिक, मतदाता एवं सञ्चारकर्मीसमेतको चासोको विषय हुने भएकाले आवश्यकताअनुसार समय–समयमा मतगणनाको अद्यावधिक परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिइसकेको जनाएको छ।

मतगणनासम्बन्धी समाचार संकलन, सम्प्रेषणका लागि मतगणनाको दृश्य खिच्न चाहने सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्था कायम गर्न बाधा नपर्ने गरी मतगणनास्थलको निश्चित दूरीबाट मतगणनाको दृश्य खिच्न सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।

आयोगका अनुसार, दोस्रो चरणको निर्वाचनको मतदान केन्द्रित तयारीका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सबै मतदान केन्द्रमा पुगिसकेका छन्।
 

 





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad