अष्ट्रेलिया क्रुजमा जागिर लगाउने भन्दै ठगी गरेर फरार गुरुङ पक्राउ

शुक्रबार, २१ साउन २०७३, १७ : ११ नागरिक

काठमाडौं-अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भन्दै अनलाईन विज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर  उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको हो।

वैदेशिक रोजगार कसूर सम्बन्धी ४ वटा मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ माघ ६ गतेको फैसलाले गुरुङ्गलाई कुल ६ बर्ष ९ महिना कैद र ६ लाख ७५ हजार रुपैयाँ जरीवाना भएकोमा कैद तथा जरिवाना वेरुजु रही फरार रहेका थिए।

गुरुङ समेतका ब्यक्तिहरुले वैदेशिक रोजगार संचालन गर्ने ईजाजत बिना नै इन्टेल हब एजुकेशन फाउण्डेसन नामक संस्थाबाट हाम्रोबजार डट कम वेवसाइटमा बिज्ञापन गरी म्याग्दी बरजङ्ग गाबिस–९ बस्ने तेजबहादुर कार्कीसमेत १० जनालाई २०७० साल असोजमा अष्ट्रेलिया जाने पानीजहाजमा सिपम्यानको काम लगाइदिन्छु भनी नक्कली भिसा लेटर सहितका कागजपत्रहरु तयार गरी भारतको बैङ्गलोर र फिलिपिन्समा तालिम लिनुपर्छ भन्दै  बैङ्गलोर र फिलिपिन्स पुर्याई पीडितहरुसँग ७६ लाख ६८ हजार ९ सय ९७ रुपैयाँ संकलन गरी सम्पर्क बिहिन भएपछि अलपत्र परेका पीडितहरु आफ्नै खर्चमा नेपाल फर्की न्यायाधिकरणमा जाहेरी दिएका थिए।

प्रतिबादी गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाएको छ।

 





यसमा तपाईको मत

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad