उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण

आइतबार, १७ मङि्सर २०७४, २० : २१ नागरिक

मोहन गुरुङ

स्याङजा- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी वम आक्रमण गरिएको छ। भिरकोट नगरपालिका–८ ढापुक सिमलभञ्ज्याङबाट चुनावी सभाबाट फकिर्दै गर्दा ढापुक फेदीमा श्रेष्ठलाई लक्षित गरी सुतली बम आक्रमण गरिएको हो। श्रेष्ठ स्याङजा निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाका उम्मेदवार हुन्।

उनले चढेको बा १३ च २०२७ नम्बरको स्कारपियोलाई लक्षित गरी वम आक्रमण भएको थियो। घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी प्रदीप श्रेष्ठले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानबाट घटनास्थल वरिपरि गुटखा हाल्ने सानो टिनको टुक्राहरु फेला परेको प्रहरीले जनाएको छ। आक्रमणको जिम्मेवारी कसैले लिएको छैन।

यसैबीच प्रहरीले नेकपा एमालेको चुनावी प्रचार–प्रसारका लागि गएको महेन्द्र जीप र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

‘तेल हाल्न वालिङ झरेका गाडीलाई वडा प्रहरी कार्यालयले नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ’, नेकपा एमाले जिल्ला कमिटी प्रचार सचिव राजेन्द्र डुम्रेले भने, ‘गोपालमानले निर्वाचन हार्ने निश्चित भएपछि पञ्चायति शैलीमा प्रहरी परिचालन गरी जनतालाई सस्ती दिएको छ।’ गाडीमा रहेका करिब पाँच जना युवाहरुलाई पनि नियन्त्रण लिएर हिरासतमा राखिएको छ।

 







यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad