१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने

मस्को- रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।
विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । ‘ए’देखि ‘एच’सम्म रहेको प्रत्येक समूहमा ४ वटा राष्ट्रलाई राखिएको छ । प्रत्येक समूहका राष्ट्रले समूह चरणमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । समूहका विजेता र उपविजेता राष्ट्र अघिल्लो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिता सन् २०१८ को १४ जुनदेखि १५ जुलाईसम्म रुसका विभिन्न सहरमा हुनेछन् ।

कुन राष्ट्र कुन समूहमा ?

विश्वकप फुटबलको उद्घाटन खेल जुन १४ मा हुनेछ । जसमा आयोजक रुसले साउदी अरेवियाको समाना गर्नेछ । विश्वकप आयोजनाको रुपमा रुसले सिधै विश्वकप खेल्न लागेको हो । ११औं पल्ट विश्वकप खेल्न लागिरहेको रुस सन् १९६६ मा चौथो भएको थियो । साउदी अरेविया भने सन् २००६ पछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

पाँचौंपटक विश्वकपमा सहभागी हुन लागेको साउदी अरेविया यसअघि सन् १९९४ मा दोस्रो चरणसम्म पुगेको थियो । विश्वकपको सार्वजनिक ड्रअनुसार समूह ‘बी’लाई निकै महत्वपूर्ण मानिएको छ । सो समूहमा युरोपका २ राष्ट्र स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् । स्पेन २०१० को विश्वकप विजेता राष्ट्र हो भने उसले सन् २००८ र २०१२ मा युरोकप फुटबलको उपाधिसमेत उचालेको थियो । तर २०१४ को ब्राजिल विश्वकपमा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।
यता पोर्चुगलले भने २०१६ को युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । स्को, एसेन्सीयो र डेबिट जी याजस्ता युवा खेलाडीले भरिएको राष्ट्र स्पेन र ३ पटकका फिफा वर्ष खेलाडी रोनाल्डोको राष्ट्र पोर्चुगलको सो खेल समूह चरणमै हुने भएपछि सो समूहलाई निकै महत्वपूर्ण मानिएको छ । सो खेल जुन १५ मा हुनेछ । बरियतामा स्पेनभन्दा अगाडि रहेको पोर्चुगलले भने विश्वकपमा सोचेअनुसारको खेल देखाउन सकेको छैन । स्पेनको विश्वकप फुटबलमा १५औं पटक सहभागिता हो । ७ औं पटक विश्वकप खेल्न लागेको पोर्चुगल सन्  १९६६ मा तेस्रो भएको थियो ।

 

प्रकाशित: १७ मंसिर २०७४ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App