१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पैसामुखी बन्दै चुनाब

खोटाङ– मंसिर १० गते प्रदेशसभा र प्रतिनिधिसभाको मतदान चलिरहँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित मालिकादेबी मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनको छुट्टाछुट्टै भतेरको व्यवस्था थियो। मतदान केन्द्र नजिकै काँग्रेस लगायतका लोकतान्त्रिक पार्टीले प्रतिकेजी पाँच सय पर्ने ३३ किलोको खसी काटेका थिए।

एमाले–माओबादीको गठबन्धनले उत्तिकै मात्राको प्रतिकिलो तीन सय पर्ने १४ वटा ब्रोइलर कुखुराको मासु चिउराको व्यवस्था गरेको थियो। निर्वाचन आचार संहिताले मतदान केन्द्र आसपास भोजभतेरको आयोजन गर्न नमिल्ने भए पनि लोकतान्त्रिक र वाम गठबन्धनले सौहाद्रपूर्ण वाताबरणमा भतेर चलाएका थिए। कुनै मतदातालाई मत खसालेपछि त कुनै मतदातालाई मतदान गर्नुअघि मासु, चिउरा र ड्यू खुवाउन लोकतान्त्रिक र बाम गठबन्धनको लुछाचुँडी नै चलिरहेको थियो।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका दुई वडामा देखिएभन्दा फरक दृश्य अन्य वडामा थिएनन्। धेरथोर खाजा नास्ताको वाहनामा मेस चलेकै थियो, चलाइएकै थियो। श्रोतका अनुशार लोकतान्त्रिक र वाम गठबन्धनले हरेक बुथमा कार्यकर्ताका लागि खर्च दिएको थियो।

तदानका दिन बाहुनीडाँडाको मालिकादेबी माबि र कालिका निमाबि झापा मतदान केन्द्रमा मासु, एक बोरा चिउरा, ड्यू लगायतमा करिब ५० हजारको खर्च भएको कांग्रेसका एक कार्यकर्ताले बताए। खुवाउने प्रतिष्पर्धा भएकाले सो दिन वाम गठबन्धनको पनि सोही हाराहारीमा खर्च भएको अनुमान छ। 

यस्तै, धमाधम मतदान भइरहँदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको भतेरको व्यवस्था पनि बाहुनीडाँडाको भन्दा फरक थिएन। माथिल्लो घरमा कांग्रेसको भतेर थियो। तल्लो घरमा एमाले–माओबादीको। लोकतान्त्रिक र वाम गठबन्धनले मतदानको अघिल्लो साँझ नै राँगो ढालेको थियो। राँगो नखानेका लागि खसी लडाइएको थियो। तामझामले कुनै बिहेको झल्को दिन्थ्यो। हिँडिरहेका मतदातालाई खुसुक्क तानेर मासु चिउरा खुवाउने र प्रभावित गर्ने आन्तरिक होड चलिरहेको थियो। आफ्ना प्रतिवद्ध भोटरका लागि खाजाको व्यवस्था गरेको भनिए पनि ढुलमुले मत तान्नमा भतेरको उपयोग भएको प्रष्ट देखिन्थ्यो थियो।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोटाङका दुई वडामा देखिएभन्दा फरक दृश्य अन्य वडामा थिएनन्। धेरथोर खाजा नास्ताको वाहनामा मेस चलेकै थियो, चलाइएकै थियो। श्रोतका अनुशार लोकतान्त्रिक र वाम गठबन्धनले हरेक बुथमा कार्यकर्ताका लागि खर्च दिएको थियो।

उम्मेद्वारबाट प्रतिबुथ १०÷१५ हजार पाए पनि प्राप्त खर्चले नपुगेका ठाउँमा स्वयं कार्यकर्ताले पैसा बेहोरेको गरेको पाइएको छ । खर्च अपुग भएका कतिपय ठाउँमा उधारो नै लिनुपरेको कार्यकर्ता बताउँछन् । असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि हरेक उम्मेद्वारको उस्तै मात्रामा खर्च भएको चर्चा सेलाएको छैन । यी दृश्याले पछिल्लो समय निर्वाचन खर्चिलो बन्दै गएको प्रष्ट देखाउँछ । चुनावी खर्चको हिसावले राजनिती ‘गोजीमा पैसा नहुनेको पहुँच बाहिर जाँदै गरेको’ देखाएको बाहुनीडाँडाका कांग्रेस कार्यकर्ता यानकुमार राईले बताए।

गोजीमा पैसा नभए राजनिती गर्न नसकिने अवस्था सिर्जना हुँदै गएपछि तल्ला तहका कार्यकर्तामा चिन्ता छाएको देखिन्छ । ‘जति जनप्रिय भए पनि लोकप्रिय भए पनि गोजीमा पैसा छैन भने चुनावमा उठ्न सकिने अवस्था देखिन छाडेको छ,’ बुथमा कांग्रेसका प्रतिनिधि बनेका राईले भने, ‘भविष्यमा राजनितीमा राम्रो छबी बनाऔंला, तर पैसाका कारण उठ्न सकिन्न, उठे पनि जित्न सकिन्न ।’ 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १७९ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा ९१ मतदान केन्द्र र क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा ८८ मतदान केन्द्र छन् । हरेक मतदान केन्द्रमा न्यूनतम दश हजार व्यवस्था गर्दा पनि खर्चको सिमाले डाँडा काट्ने अवस्था छ। यसबाहेक प्रचार–प्रसार, सभासम्मेलन, घरदैलोमा हिँड्ने कार्यकर्ताको खाना खाजाको हिसावको मात्रा छुट्टै हुन्छ । ‘अनसिन खर्च’ उत्तिकै हुन्छ।

हरेक दलले खर्चको बास्तबिक तथ्यांक सार्वजनिक नगरे पनि ‘पैसा बिनाका मान्छेका लागि राजनिती फलामको चिउरा चपाउनु सरह बन्दै’ गएको तिनका नेता तथा कार्यकर्ता स्वीकार गर्छन् । चुनावमा उठ्नका लागि ‘राम्रो काम गर्नु परेन, खराव भए पनि पैसा खर्च गर्न सक्ने भए पुग्छ’ भन्ने प्रबृत्ति हाबी हुँदै जाँदा राजनिती भ्रष्ट र बेइमानी बन्दै गएको एमाले नेता सुरेन्द्र राईले बताए। ‘खर्च गर्नु उम्मेद्वारको बाध्यता हो, अलि–अलि खाजा नास्ता नखुवाए भएको भोट पनि बिग्रन्छ,’ क्षेत्र नम्बर १ मा वामगठबन्धनका संयुक्त चुनाव प्रचार–प्रसार समितिका उपसंयोजक बनेका राईले भने, ‘गरिब नेताका लागि राजनिती अफाप हुँदै गएको यतार्थ हो ।’ 

चुनाव क्रमशः खर्चिलो बन्दै जानुमा राजनैतिक कार्यकर्ताकै हात छ । सोझासिधा जनताको बानी तिनै दलले बिगारेका हुन् । चुनावकाबेलामा मत किन्नका लागि पैसा बाँड्ने गरिएको आरोप–प्रत्यारोप उनीहरुबीचमै हुन्छ । एकातिर चुनाव महंगिँदै जाँदा अर्कातिर यसको बिरोध गर्ने पनि उत्तिकै छन् । कतिपय सेवाभाव राखेका सच्चा र इमान्दार कार्यकर्तामा महंगिँदो चुनावले राजनितीप्रति बितृष्णा जगाउँदै छ। अधिक खर्च गरेर पैसाका भरमा चुनावमा उठ्ने र जित्ने उम्मेद्वारबाट बिकास र परिवर्तनको अपेक्षा गर्न नसकिने स्थानीय बताउँछन्।

खर्च गरेर चुनिने उम्मेद्वारले जनताको सेवाभन्दा डुबेको खर्च उकास्नमा ध्यान दिने हुँदा यस्ता महंगो चुनावले भ्रष्टाचारलाई संस्थागत रुप दिइरहेको यानकुमारले बताए । ‘राम्रोभन्दा पनि पैसावाल उम्मेद्वारले मात्र अवशर पाउने अवस्थाले राजनितीलाई विकृत बनाएको छ,’ उनले भने, ‘पैसाका भरमा चुनावमा उठ्ने र जित्ने व्यक्तीबाट के अपेक्षा गर्ने हामीले ? के बिकास हुन्छ ?’ 

 

प्रकाशित: १७ मंसिर २०७४ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App