१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१४ राजदूतको सिफारिश रद्द, करिअर डिप्लोम्याटको यथावत

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस शुक्रबारको मन्त्रिपरिषद बैठकले  फिर्ता लिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्तिको रुपमा सिफारिसमा परेका १४ राजदूतको नाम फिर्ता लिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

सरकारले परराष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका १४ गरी २२ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो। जसमध्ये महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको संसदीय सुनुवाई आजै गर्ने कार्यतालिका थियो। मंगलबारदेखि सिफारिश राजदूतहरुको सुनुवाइ हुँदै अाएको अवस्थामा शुक्रबार सरकारले यस्तो निर्णय गरेको हो।

करिअर डिप्लोम्याटका हकमा भने सरकारले अाेली सरकारको निर्णय उल्टाएको छैन।

डेढ महिना अघि ओली सरकारले परराष्ट्र सेवाबाट ८ सहसचिव सहित २२ जनालाई राजदूत सिफारिश गरेको थियो। करिअर डिप्लोम्याटको रुपमा राजदूतमा सिफारिस भएका दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन्।

सहसचिवहरु दुर्गाबहादुर, खनाल, अर्याल, थापा, प्रकाश, अधिकारी, पोखरेल र घिमिरे क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूतमा सिफारिस गरिएको थियो। उनीहरुको सिफारिश यथावत राखिएको छ।

२ पूर्वमन्त्री सहित १४ जनालाई राजनीतिक भागबण्डामा राजदूत सिफारिश गर्ने अाेली सरकारको निर्णय त्यतिबेलै अालोचित भएको थियो।

परराष्ट्र सेवाबाट वरिष्ठताका आधारमा ८ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको छ भने अन्य १३ जना बिनामापदण्ड पार्टीमा आबद्ध रहेकै आधारमा सिफारिसमा परेका छन् । राजदूतमा सिफारिस हुनेमा ३ जना पूर्वमन्त्रीसमेत रहेका छन् भने दूतावास नै नखोलेको देश अस्ट्रियाको लागि समेत राजदूत सिफारिस गरेको छ । सरकारले पहिलोपटक यति ठूलो संख्यामा एकैपटक राजदूतको नाम सिफारिस गरेको हो ।

'२१ जनाको नाम राजदूतमा सिफारिस गरिएको छ,' मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै मुख्य सचिव सोमलाल सुवेदीले भने, 'रिक्त रहेको ओमानका लागि भने राजदूत सिफारिस गरिएको छैन ।'

राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका ८ जना वरिष्ठ सहसचिवमा दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन् । सहसचिवहरु दुर्गाबहादुर, खनाल, अर्याल, थापा, प्रकाश, अधिकारी, पोखरेल र घिमिरे क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूतमा सिफारिस गरिएको छ । - See more at: http://archive.nagariknews.com/politics/international/story/67207.html#sthash.7dSsznQ8.dpuf

प्रकाशित: २१ श्रावण २०७३ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App