१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महानगरपालिकाको वडा कार्यालयमा ग्रिनेट विष्फोट

चितवन – भरतपुर महानगरपालिका वडा नं. ५ को कार्यालय परिसरभित्र गएराति विष्फोट हुँदा वडा कार्यालयसँगै रेहको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा पनि क्षति पुगेको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार राति दुई बजे ग्रिनेट जस्तै देखिने वस्तु विष्फोट भएको थियो ।

‘राति आवाज आयो ।  बिहान गएर हेर्दा रेडक्रस उपशाखा कार्यालय भवनमा पनि क्षति पुगेको रहेछ । झ्यालका शिसाहरु फुटेका छन्’ रेडक्रस नारायणपुर उपशाखाका सचिव शिव सापकोटाले भने । वडा अध्यक्ष पदमपाणि सुवेदीका अनुसार विष्फोटले वडा कार्यालयको भवनमा पनि क्षति पुगेको छ । ‘हाम्रो कार्यालय, रेडक्रस कार्यालय र वरपरका सर्वसाधरणको घरका झ्यालका शिसा फुटेका छन्’ वडाध्यक्ष सुवेदीले भने। 

वडाध्यक्ष सुवेदीको घर अगाडि पनि विष्फोटक पदार्थ फेला परेको थियो । जसलाई आइतबार बिहान सेनाको टोलीले निश्क्रिय बनाएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार वडा कार्यालय परिसर क्षेत्र मंसिर २१ गते हुने मतदानको मत केन्द्र पनि हो। 

प्रकाशित: १७ मंसिर २०७४ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App